कविता : भनन भन, के गर्नु गर्नु अब
भनन भन के गर्नु गर्नु अब
कता जानु जानु अब
को सँग बोल्नु बोल्नु अब
को सँग हाँस्नु हाँस्नु अब
को सँग रुनु रुनु अब
भर्दा भर्दै गरेको पानीको गाग्री घोप्टिएपछि
हिँड्दा हिँड्दैको बाटो हराएपछि
खोज्दा खाज्दै तिमी नपाएपछि
हाम्रो मायामा सूर्य ग्रहण लागेपछि
भनन भन के गर्नु के गर्नु अब
सानै देखि हुर्काइ ल्याएको माया आज चुँडी गयो
फक्रिन लागेको फूल धुपले ओइली गयो
मायाले भरिएको भित्री मुटुको जरोनै मरि गयो
तन मन दिइ बसाएको मिठो मायाको संसार भताभुंग भयो
भनन भन के गर्नु के गर्नु अब
भनन भन देव के म शून्य शून्यतामै बाचूँ
कतिन्जेल सम्म खाली खाली रहूँ
कहिले सम्म रित्तो रित्तोनै रहूँ
यो स्थितिमा भनन म बाँचूँ कि मरुँ
भनन भन के गर्नु के गर्नु अब
दुर्भाग्यबस बुझ्नै सकिन तिम्रो भित्री मन
चिन्नै सकिन तिमीले दिएका संकेतहरु
देख्नै सकिन तिमीले देखाको भविष्यको बाटो
जान्नै सकिन बदलिँदै गएका व्यवहारहरू
भनन भन के गर्नु के गर्नु अब
कहिले जोडिएला भाँचिएको दाइने हात
कहिले देखि राम्ररी धड्किएला आधा चलेको मुटु
कहिले निको होला मर्केको दाइने खुट्टा
बिन्ती सुनेर अब फर्केर आऊ र सुन्दर मायालाई बचाऊ
भनन भन के गर्नु के गर्नु अब
No ads found for this position




Facebook Comment