पर्यटकहरूलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने १३ जना पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरजस्ती यौन जन्य क्रियाकलापमा संलग्न गर्ने १३ जना व्यक्तिहरु पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका– ५ घर भइ हाल ठमेल बस्ने १९ वर्षको बादल तामाङ, बाजुरा २२ वर्षको गणेश नाथ, तनहुँ बन्दिपुर गाउँपालिका २४ वर्ष को बिशाल थापा मगर, सिन्धुलीका २० वर्षीय गणेश तामाङ रहेका छन् ।
यस्तै, सर्लाहीका १९ वर्षीय सागर मगर, सुनसरीका २२ वर्षीय रमेश क्षेत्री, दोलखाका १९ वर्षीय बिशाल नेपाली, रामेछापका वर्ष २१को मिलन नेपाली, गोरखाका वर्ष २२ को बिवश खनखवास, बाँकेका वर्ष २३ को अभिषेक थापा, काभ्रेपलान्चोकका वर्ष २२ को संजय लामा, दाङका वर्ष २० की प्रतिमा डाँगी र दाङकै वर्ष २१ की प्रमिला पुन मगर रहेकी प्रहरीले जनाएको छ ।
बुधबार राती १ः१० बजेको जन गुनासोको आधारमा ठमेल पर्यटन विकास परिषदका पदाधिकारी सहित प्रहरी वृत लैनचौरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीहरुले अनुगमनमा खटिएका व्यक्तिहरू उपर नै हातपात तथा गाली गलौज गरी अभद्र व्यवहार समेत गरेका थिए ।
ती व्यक्तिहरुलाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ४ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment