शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

डिसी नेपाल
१६ मंसिर २०८२ १२:३६
620
Shares

चितवन। नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्।

मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए। कोइरालाले भने, “समय कम भयो। महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ।” उनले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुंगाे नभएको बताए।

यद्यपि सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ। जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने उनले बताए। महाधिवेशनमा उम्मेद्वारीका सम्बन्धमा उनले भने, “सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाइ हुनुहुन्छ । उहाँ पनि इच्छुक हुनुहुन्छ । कुरा भइरहेको छ । दुईजनामध्ये एक जना लड्छौं।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *