राष्ट्रपति पौडेलसँग अस्ट्रेलियाका राजदूतको बिदाइ भेट

डिसी नेपाल
१७ मंसिर २०८२ १२:५७
32
Shares

काठमाडौं । नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनस्टनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेकी छन्। बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा राजदूत जोनस्टनले बिदाइ भेट गरेकी हुन्।

भेटका क्रममा नेपाल र अस्ट्रेलियाबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन्।

साथै राष्ट्रपति पौडेलले राजदूत जोनस्टनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको धन्यवाद व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *