गजल
उत्तरमा हिरा हाम्रो दक्षिण सुनबाली
पूर्वमा छ मेची हाम्रो पश्चिम महाकाली
सुन्दर शान्त नेपाललाई समृद्ध बनाउनु छ
लागौं अब जागौं युवा आसाका कद चाली
जन्मे यहाँ गौतमबुद्ध ज्ञानको बिज छर्दै
शान्तिको सन्देश छरे अहिंसा पखाली
सुन्दरताको बगैचा नेपाल सयौं थरी हामी
मिलिजुली बसेका छौं रिस राग फाली
प्रतिक्रिया
















Facebook Comment