नेपाली कम्युनिष्ट पार्टीमा युवा आकर्षण बढ्दो छ : माधवकुमार नेपाल

डिसी नेपाल
२० मंसिर २०८२ १७:०५
40
Shares

काठामडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले नेकपामा युवाहरूको आकर्षण बढेको र हजारौंको संख्यामा युवाले आफ्नो पार्टी प्रवेश गरेको बताए।

शनिबार जनकपुरमा आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको अन्त्य गरि सुशासन कायम गर्दै जेनजी आन्दोलनको जायज मागलाई अघि बढाउन पार्टीले मुख्य भूमिका खेल्ने जिकिर गरे।

त्यस्तै अन्य नेकपा नेताहरुले पार्टीलाई बलियो शक्तिको रुपमा स्थापीत गर्दै मुलुकमा देखिएका बेथिति अन्त्य गर्ने धारणा राखेका थिए। नेकपाले पार्टी एकताको सन्देश दिन बिभिन्न प्रदेशमा सन्देशसभा गर्दै आएको छ। अब कर्णाली र काठमाडौंमा एकता सन्देशसभाको आयोजना गरिने नेकपाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *