२२ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं। साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य दुई हजार दई सय रुपैयाँले बढेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन, आज २२ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो।
त्यस्तै चाँदीको मूल्य ८० रुपैयाँले घटेर प्रतितोला तीन हजार आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment