मुक्तिनाथ कृषि कम्पनीको हकप्रद शेयर निष्काशनका लागि नेपाल लाइफ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

डिसी नेपाल
७ पुष २०८२ १०:२५
36
Shares

काठमाडौं। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नको लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १:०.६ को अनुपातमा (अर्थात साविकको १ कित्ता बराबर नयाँ ०.६ कित्ता) हकप्रद शेयर जारी गर्न लागेको हो।

यस अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४५ लाख ३६ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य ४५ करोड ३६ लाख रुपैयाँ हुनेछ।

उक्त सम्झौता पत्रमा बिहीबार मुक्तिनाथ कृषि कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *