क्यासिनो खेल्ने र खेलाउने सात जना पक्राउ
काठमाडौं। तासमा चिप जडान गर्ने र आँखामा ‘आइ लेन्स लगाएर क्यासिनो खेल्ने÷खेलाउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार जिल्ला प्रहरी परिसर, काठमाडौंले पत्रकार सम्मेलनगरी ठमेलस्थित छायाँ सेन्टरको वाल्डो क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको हो। पक्राउ पर्नेहरुमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन्।
भारतबाट आएको सुरेश महाजनसहितका समुहले क्यासिनो इभेन्ट गर्ने भन्दै स्क्याम गरेर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ। सुरेश महाजनले विगत २ वर्षदेखि नेपाल भारत,श्रिलंका,भियतनाम र कम्बोडियामा क्यासिनो इभेन्ट सञ्चालन गर्दै आएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment