युवालाई नेतृत्वमा ल्याउने काम एमालेले व्यवहारमै उतार्यो : सुनिता डंगोल
काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य सुनिता डंगोलले युवाहरुलाई राजनीतिमा ल्याउने कुरालाई नेकपा एमालेले व्यवहारमा उतारेको बताइन्।
मंगलबार काठमाडौंमा आयोजित एमालेको ११औं महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा उनले अन्य पार्टीहरूले युवाहरु राजनीतिमा आउनुपर्छ, युवाहरुलाई प्रोत्साहन दिनुपर्छ भनेर धेरैले नारा र बोली बनाएको भन्दै नेकपा एमालेले भने त्यो सन्देश व्यवहारमा नै उतारेको बताइन्।
उनले भनिन्, ‘युवाहरु राजनीतिमा आउनुपर्छ, युवाहरुलाई प्रोत्साहन दिनुपर्छ भनेर धेरैले नारा र बोली बनाए तर नेकपा एमालेले भने त्यो सन्देश व्यवहारमा नै उतारेको छ। युवाहरूलाई पार्टीमा अझ केन्द्रीय नेतृत्वमा ल्याउनको लागि छुट्टै स्थान, समूह नै बनाइएको छ।’
उनले प्रतिनिधि चयनदेखि नेतृत्व छनोटमा ४० वर्षमुनिको समुहका युवाहरूको सहभागिता सुनिश्चित गरिएको पनि बताईन्। ११औं राष्ट्रिय महाधिवेशनबाट जस्तो सुकै चुनौती आउँदा पनि सकारात्मक हुनु पर्छ भन्ने उर्जा प्राप्त गरेको पनि उनको भनाई छ।
उनले भनिन्, ‘नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मेरो लागि धेरै कुराहरुमा पहिलो अनुभव थियो। महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागि हुनु मेरो पहिलो अनुभव थियो। जस्तो सुकै चुनौती आइपर्दा पनि सकारात्मक हुनु पर्छ भन्ने उर्जा पनि मैले महाधिवेशनबाट सिकेको छु।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment