राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न आवश्यक छ : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई प्रोत्साहनगरी र लगानीमैत्री वातावरण बनाइएन भने विकास र समृद्धि कुरामा मात्रै सिमित हुने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण कमजोर रहेको भन्दै त्यसलाई सुधार्न आवश्यक रहेको बताए।
उनले भने, ‘निजी क्षेत्रलाई प्रोत्साहन गरिएन, लगानीमैत्री वातावरण बनाइएन भने विकास र समृद्धि कुरामा मात्रै सिमित हुन्छ। हाम्रो राज्य संरचना र हाम्रा सोचमा कहीँ कतै निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणप्रति हाम्रो धेरै कमजोरी रहेका छन्। हामीले यसलाई सुधार गरेर जान आवश्यक छ। हामी आफैंले आत्मसमिक्षा गरेर अगाडि जाने ऐतिहासिक अवसर हो यो। अब हामीले धेरै विकास र समृद्धिको कुरा गर्ने भन्दा पनि तत्कालका लागि निर्वाचन गराउने विषयलाई नै प्राथमिकतामा राखेर जानुपर्छ।’
त्यस्तै उनले जेनजी आन्दोलनले एकातिर राजनीतिक नेतृत्वलाई स्थापित संघ संस्था र प्रतिनिधिहरुलाई आत्मसमिक्षा गर्न उत्प्रेरित गराउनुका साथै इतिहासको मञ्चबाट पन्छिने सबैलाई प्रश्न खडा गरेको बताए।
‘जेनजी आन्दोलनले एकातिर राजनीतिक नेतृत्वलाई र समाजका सबैलाई स्थापित संघ संस्था र प्रतिनिधिहरुलाई एकातिर आत्मसमिक्षा गर्न उत्प्रेरित गर्यो। शक्तिशाली ढंगले भने अर्कोतिर नयाँ संकल्प गर्ने या इतिहासको मञ्चबाट पन्छिन पनि सबैलाई प्रश्न खडा गर्यो। यसको लागि जेनजी अभियान्तालाई धन्यावाद दिन चाहन्छु।’ उनले भने अहिलेको विकल्प निर्वाचन मात्र रहेको भन्दै उनले वर्तमान सरकारले अप्ठ्यारोकाबीच चालेको यो कदमको प्रशंसा गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment