उपमहासचिव योगेश भट्टराईसहित पाँच जनाको नाम ताप्लेजुङबाट सिफारिस

डिसी नेपाल
१९ पुष २०८२ २१:०५
92
Shares

ताप्लेजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङले उपमहासचिव योगेश भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरेको छ।

आज बसेको पार्टीको जिल्ला कमिटी बैठकले प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा भट्टराईसहित कोशी प्रदेशका सांसद एवं केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बो, युवा सङ्घका केन्द्रीय अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य क्षितिज थेवे तथा कोशी प्रदेशका पूर्वमन्त्री एवं पूर्वकेन्द्रीय सदस्य टङ्क आङ्बोहाङको नाम सिफारिस गरेको हो।

यस्तै, फुङ्लिङ नगरपालिका उपप्रमुख एवं जिल्ला कमिटी उपसचिव भिमादेवी ओझाको नाम पनि सिफारिस गरिएको पार्टीका जिल्ला अध्यक्ष दिपेन पोमुले जानकारी दिए। उपमहासचिव भट्टराई २०७४ र २०७९ सालको निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *