आफ्ना माग सम्बोधन नगरे सरकारसँगको वार्ता तोड्छौं : दुर्गा प्रसाईं
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्ना मागलाई सरकारले सम्बोधन नगरे वार्ता तोडिने चेतावनी दिएका छन्।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय संकल्प पृथ्वीपथ विषयक कार्यक्रममा प्रसाईंले आफ्ना मागका बारेमा सरकारलाई औपचारिक रुपमा जानकारी गराइसकिएको भन्दै सम्बोधन नभए वार्ता तोडिने चेतावनी दिएका हुन्।
उनले सरकारसँगको वार्ता सफल नभए आन्दोलनमा जानका लागि आफू तयार रहेको बताए। प्रसाईंले समानबिचार भएकाहरु एकै ठाउँमा आएर आफ्ना एजेण्डा पुरा गर्न दवाव दिनुपर्ने धारणा राखे।
उनले मुलुक अप्ठेरो अवस्थामा रहेकाले देशबाहिर रहेका युवाहरु फर्केर राष्ट्र निर्माणमा जुट्नुपर्ने बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment