केपी ओलीलाई बयानका लागि जाँचबुझ आयोगले काट्यो पत्र

डिसी नेपाल
२० पुष २०८२ १८:३४
8.9k
Shares

काठमाडौं । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ।

आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो।

आयोगले यसअघि लेखक, सुरक्षा निकायका प्रमुखहरू, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग बयान लिइसकेको छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा गोली चलेको विषय, दमन भएको विषयमा तत्कालीन सरकार प्रमुखको हैसियतले केपी ओलीमाथि बयान लिन लागिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *