नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच सम्झौता
काठमाडाैं। गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको क्रेडिट कार्ड होल्डर र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई काठमाडौं चावहिलमा रहेको मेडिकेयर हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सो सम्झौता बमोजिम कर्मचारी र कर्मचारी परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको क्रेडिट कार्ड होल्डर र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ।
सो सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुखनिर्मल सुवेदी र मेडिकेयर हस्पिटलको तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरे। यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले मेडिकेयर हस्पिटलबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment