गाडीको ठक्करबाट ट्राफिक प्रहरी हवल्दारको मृत्यु

डिसी नेपाल
२१ पुष २०८२ २०:२५
2.7k
Shares

लुम्बिनी रुपन्देहीको बुटवल उपमहानगरपालिका१० स्थित पूर्वपश्चिम राजमार्गमा ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दारको आज साँझ गाडीको ठक्करबाट मृत्यु भएको छ।

बुटवल रामनगर, धागो कारखाना नजिकै राजमार्गमा ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दार नागेश्वर पालको बाग्मती प्रदेश १०३३च००७७ नम्बरको क्रेटा कारको ठक्करबाट मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।

ठक्कर दिने कार र चालक गुल्मी रेसुङ्गा नगरपालिका १ का ५६ वर्षीय दीपेन्द्रसिंह थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *