तीन मन्त्रीलाई तत्काल राजीनामा गर्न प्रधानमन्त्रीको निर्देशन

डिसी नेपाल
२२ पुष २०८२ २३:४०
10.4k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद्‍का तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएकी छन्।

सोमबार मन्त्रिपरिषद् बैठक सकिए लगत्तै प्रधानमन्त्री कार्कीले मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तालाई नैतिकताका आधारमा राजीनामा निर्देशन दिएकी हुन्।

दलीय गतिविधिमा संलग्न भइ आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा उम्मेद्‍वार हुने तयारीमा रहेका मन्त्री त्रयलाई चुनावी सरकारको भावना बुझ्न आग्रह गरेकी मन्त्रिपरिषद्‍ बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्रीले राजीनामा दिन आग्रह गरेका मन्त्रीहरू दलीय गतिविधिसहित व्यक्तिगत चुनावी अभियानमा केन्द्रित भएपछि प्रधानमन्त्री कार्कीले चुनावी सरकारको निस्पक्षतामाथि प्रश्न नउठ्ने गरी मार्ग प्रशस्त गर्न आग्रह गरेकी हुन्।

एक मन्त्रीका अनुसार हालको सरकार विशेष परिस्थितिमा गठन भएको र अब अर्को चरणमा प्रवेश गर्न लागेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले दोहोरो भूमिकामा बस्नु उपयुक्त नहुने वर्तमान सरकारको म्यान्डेन विपरित हुने बताएकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *