महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायद्वारा गोपनियताको सपथ
काठमाडाैं। महालक्ष्मी विकास बैंक हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित संचालक समितिबाट अध्यक्षको रुपमा चयन भएका राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन्।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन्।
उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक र वित्तीय सस्ंथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकलगायतका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
साेमबार सम्पन्न बैंकको वार्षिक साधारण सभा मार्फत संचालक समितिले प्रस्ताव गरे बमोजिम १०.३७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment