गगनले भने- हामी नै आधिकारिक कांग्रेस हौं
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले कारबाही गरेपछि महामन्त्री गगनकुमार थापाले आफूहरू नै आधिकारिक कांग्रेस भएको प्रतिक्रिया दिएका छन्।
विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको उनको भनाइ छ। ‘हामीले सभापतिले छोडे हुन्छ भनेका हौं। असोज २८ गते केन्द्रीय समितिको बैठकमा उहाँले सम्बोधन गरेर कार्यवाहक दिएर जाँदा सम्मान गरेकै हौ। अब हामी अल्मलिनुपर्ने अवस्था रहेन। विशेष महाधिवेशनको मनोनयनको काम सकियो। नामावलीहरू सार्वजनिक हुँदै छ। संवादका लागि भएका प्रयास विफल भए,’ उनले भने।
विधिवत् र विधानसम्मत नेतृत्व चयन भइरहेकाले आफूहरू आधिकारिक कांग्रेस भएको उनको भनाइ छ। विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे आजै निर्वाचन आयोगमा जानकारी दिने उनले प्रस्ट पारेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment