पार्टीबाट निष्कासनको अर्थ छैन : विश्वप्रकाश

डिसी नेपाल
३० पुष २०८२ १७:०९
408
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले निष्कासन गरेपछि महामन्त्री विश्वप्रकाश शर्माले त्यसको कुनै अर्थ नहुने बताएका छन्।

विशेष महाधिवेशनको बन्द सत्रमा बोल्दै शर्माले आज बिहान नै आफूले महामन्त्री पद त्यागेकाले निष्कासनको अर्थ नभएको बताए।

‘एकजना साथीले फोन गरेर दाइ कारबाहीमा पर्नुभएछ भन्नुभयो। महामन्त्री त मैले बिहानै छोडिसकेँ भनिदिएँ। बिहानै मैले महामन्त्री छोडेर महामन्त्रीका लागि पार्टीका दुई युवा नेता प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गर्नुभएको छ,’ उनले भने। त्यसैले यो कारबाहीको कुनै अर्थ नहुने उनको तर्क छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *