सुरक्षित संरचना केवल इन्जिनियरिङले होइन, समाजसँग सँगै काम गर्नुपर्छ : बालेन शाह

डिसी नेपाल
२ माघ २०८२ ९:५२
4
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले २०७२ सालको भूकम्पपछि नेपालजस्तो भूकम्पीय जोखिम भएको देशमा सुरक्षित संरचना निर्माण केवल इन्जिनियरिङले मात्र सम्भव नहुने बताएका छन् ।

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जाल मार्फत उनले देशमा सुरक्षित संरचना निर्माण गर्नुका साथै, भौगोलिक भू–बनोटसँगै विविधतायुक्त समाजलाई माथि उकास्न अनेक पाटोलाई सँगसँगै माथि उठाएर काम गर्नुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘नेपालका विभिन्न भूगोलमा एउटा पेशाकर्मी इन्जिनियरको रूपमा काम गर्दा त्यो अनुभवले मलाई एउटा स्पष्ट कुरा सिकायो,नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट मात्र बन्दैन।’

उनले थप लेखेका छन्, भौगोलिक भू–बनोटसँगै हाम्रो विविधतायुक्त समाजलाई माथि उकास्न यसका अनेक पाटोलाई सँगसँगै माथि उठाएर काम गर्नुपर्छ। राष्ट्रको विकास भनेको भूगोल र जनता दुवैको विकास हो, र त्यसलाई जोड्न सक्ने सेतुको बलियो आधार निर्माण गर्नु हो।’

बालेनले २०७२ सालको महाभूकम्पपछि सिभिल इन्जिनियरका रूपमा देशका विभिन्न भूगोलमा काम गर्दा भूकम्पीय जोखिमको वास्तविकता र आवश्यक सुरक्षात्मक पूर्वाधारबारे अनुभव प्राप्त भएको पनि बताए । उनले काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गर्न उनले योगदान दिएका थिए र त्यसपछि ३५ भन्दा बढी जिल्लामा काम गर्ने अवसर पाएको बताएका छन् ।

उनले नेपालमा सुरक्षित संरचना र राष्ट्रको विकासका लागि भौगोलिक र सामाजिक विविधतालाई समेटेर दीर्घकालीन योजना, जिम्मेवार नीति र इमानदार नेतृत्व आवश्यक रहेको बताए ।

‘सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिक र आधुनिक विकासको सामञ्जस्यता, जिम्मेवार नीति र इमानदार नेतृत्वको आवश्यकता छ,’ उनले लेखेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *