नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान

डिसी नेपाल
११ माघ २०८२ १४:२९
24
Shares

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गरेकी छन्।

आइतबार काठमाडौंमा आयोजित नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वदेशमा नै बसेर मुलुक बनाउनुपर्ने भन्दै नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गरेकी हुन्।

उनले मुलुकमा देखिने तमाम व्यथितिबाट भाग्ने नभइ आफै डटेर सामना गर्नुपर्नेमा जोड दिइन्। अवसर नभएका ठाउँमा नयाँ अवसरहरूको सिर्जना गरेर जहाँ गए पनि नेपालले गर्व गर्न सक्ने नागरिक भएर अघि बढ्न उनले आग्रह गरिन्।

मारोहमा कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले विज्ञान, स्वास्थ तथा प्रविधि संकाय, सामाजिक शास्त्र तथा शिक्षा संकाय र व्यवस्थापन तथा कानुन संकायका गरी पाँच सय ४५ उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरेकी हुन्।

तीमध्ये समारोहमा एक सय ९१ को उपस्थिति थियो। प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण गरेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *