इपीएस पास भएरपनि कोरिया जान नपाएका युवा आन्दोलित (तस्बिर)
काठमाडाैं। रोजगार अनुमति प्रणाली(इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
कृषि तथा पानीजहाज क्षेत्रका लागि भाषा उत्तीर्ण गरेर रोस्टरमा वर्षदिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।
भाषा तथा सीप परिक्षा उतीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई बर्ष म्याद थप गर्न माग गरेका छन्। भाषा उत्तीर्ण गरेर रोस्टरमा रहेकी झापाकी अनिषा बस्नेतले रोस्टर सकिन लागेकाले म्याद थप गर्नुपर्ने माग रहेको बताइन्।
प्रर्दशनमा सहभागीहरुले इपिएसको लुट धन्दा बन्द गर, कृषि तथा पानीजहाजको रोष्टर अवधी थप गर, पासरलाई छिटो भन्दा छिटो कोरिया लगियोस, २ बर्ष म्याद थप गरियोस लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।









No ads found for this position


डिसी नेपाल
Facebook Comment