पशुपतिनाथमा शिवलिङ्गको दुर्लभ ‘छाया दर्शन’
काठमाडौं। पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरी भक्तजनलाई शिवलिङ्गको दुर्लभ ‘छाया दर्शन’ गराइएको छ। उक्त दर्शनको लागि पशुपति क्षेत्रमा भक्तजनको ठूलो घुइँचो लागेको थियो।
हिउँद सकिँदै गर्दा र सूर्य उत्तरायणतर्फ लागेर दिन न्यानो हुन थालेको सङ्केतसँगै पशुपतिनाथमा यो धार्मिक र रहस्यमयी उत्सव सम्पन्न हुने गर्दछ, जसले विज्ञान, इतिहास र अध्यात्मलाई एकै ठाउँमा उनेको विश्वास गरिन्छ।
पशुपतिनाथका पाँच मुखमध्ये दक्षिणतर्फको अघोर स्वरूपलाई संहार र शक्तिको प्रचण्ड प्रतीक मानिन्छ। शास्त्र र जनश्रुतिअनुसार यसको तेज यति प्रखर हुन्छ कि सामान्य आँखाले सिधा हेर्न कठिन हुने भएकाले जलमा प्रतिविम्बित गराएर हेर्ने विधि बसालिएको हो।
पशुपति मन्दिरको दक्षिणपट्टिको मझेरीमा जल भरिएको स्थानमा दिउँसोदेखि साँझको आरती अघिसम्म यो दिव्य प्रतिविम्ब गरिन्छ। यो छायाँ दर्शनको ६ महिनापछि ‘पवित्रारोपण’ हुने गर्दछ, जसले समय र ऋतुको चक्रलाई सन्तुलनमा राख्ने विश्वास गरिन्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment