एक्लाएक्लै गाउँगाउँ पुगेर भोट माग्दै बाजुराका स्वतन्त्र उम्मेदवार शाही
बाजुरा। आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको माहोल देशैभरी छाएको छ। यतिवेला सम्पूर्ण उम्मेदवार जनताको घरदैलोमा पुगिरहेका छन्। बाजुरामा पनि चुनावी माहोल निकै तातेको छ।
बाजुराबाट आसन्न प्रतिनिधि सभा निर्वाचनको लागी उम्मेदवारी दिएका उम्मेदवार यतिवेला जनताको घरदैलोमा पुगिरहेका छन्। यसै बिच बाजुराका स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही जनताका जनआकांका बुझ्न र भोट माग्न घरदैलो अभियानमा व्यस्त छन्।
अन्य पार्टीका राजनितीक दलका व्यक्ति ठुलो तामझामका साथ नाराबाजी तथा मिडियाबाजी गरेर घरदैलो अभियान गरिरहेका छन् भने शाही एक्लाएक्लै जनताको घरदैलोमा पुगेर भोटको अपिल गर्दै आएका छन्।उनको भोट माग्ने कुशलता निकै प्रसंशा गर्न योग्य देखिन्छ।
शाहीले ठट्यौली तरिकाले जनतासंग भोटको अपिल गर्दै आएका छन्। उनले भोट माग्ने बेला भन्ने गर्छन्, ‘तल्लो होकी मल्लो,चुनाव चिन्ह चल्लो,परिवर्तन खोजौ,उपेन्द्र शाही रोजौँ।’,बाजुरामा शाही संगै अन्य ७ राजनितीक दलका व्यक्ति अहिले चुनावी मैदानमा उत्रिएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment