मधेशको विकासप्रति रास्वपा प्रतिबद्ध छ : बालेन शाह
सिरहा। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सिरहाको गोलबजार नगरपालिकामा पुगेका छन्।
मधेश केन्द्रित जनसम्पर्क तथा संगठन विस्तार अभियानअन्तर्गत बालेन शाह आज गोलबजारमा उपस्थित भएका हुन्।
गोलबजारमा उनले पार्टी कार्यकर्ता, समर्थक तथा स्थानीय युवाहरूले स्वागत गरेका छन्। भेटघाट तथा संक्षिप्त सम्बोधनका क्रममा शाहले सुशासन, भ्रष्टाचारविरुद्धको अभियान र मधेशको विकासप्रति पार्टी प्रतिबद्ध रहेको बताए।
उनको आगमनसँगै गोलबजार क्षेत्रमा राजनीतिक चहलपहल बढेको छ भने स्थानीयवासीमा नयाँ आशा र उत्साह देखिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment