कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो

डिसी नेपाल
२५ फागुन २०८२ १७:३९
1.7k
Shares

सुर्खेत। प्रतिनिधिसभा निर्वाचनमा कर्णालीमा एक सिट मात्र प्रत्यक्षमा जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकमा दोस्रो ठुलो दल बनेको छ।

१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा रास्वपा एक लाख २९ हजार ७३६ मत ल्याएर प्रदेशमा दोस्रो ठुलो दल बनेको हो। पहिलो दल बनेको नेपाली काँग्रेसले एक लाख ३४ हजार ३३३ मत ल्याएको छ।

समानुपातिकामा तेस्रो स्थानमा रहेको नेकपा एमालेले एक लाख ११ हजार ७११ मत ल्याएको छ। कर्णालीलाई आफ्नो आधार इलाका ठान्ने नेकपाले ९९ हजार ८४२ मत ल्याएर चौथो स्थानमा रहेको छ।

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले १४ हजार आठ सय १६ मत ल्याएर प्रत्यक्षमा निर्वाचन जित्दा राप्रपाको समानुपातिकमा १५ हजार ३५७ मत पाएको छ।

रुकुम पश्चिममा प्रगतिशिल लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले १४ हजार ३४६ मत ल्याएर तेस्रो हुँदा उनको दलले कर्णालीबाट आठ हजार २२९ मत पाएको छ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले पाँच हजार ८४४ मत पाएको निर्वाचन आयोगले जनाएको छ। सुर्खेतका दुई निर्वाचन क्षेत्र, दैलेख निर्वाचन क्षेत्र नम्बर १ र सल्यानबाहेक अरु सबै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवारको धरौटी जफत भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *