अधिक तरलता व्यवस्थापन गर्न २० अर्ब झिक्दै राष्ट्र बैंक
काठमाडौं। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ।
केन्द्रीय बैंकले चैत १ गते उक्त रकम तान्न निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको हो । राष्ट्र बैंकका अनुसार यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने छ।
निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि माथि ५ करोड रुपैयाँका दरले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।
यस बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकले २८ दिने अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत रकम तान्न लागेको हो। केन्द्रीय बैंकका अनुसार उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी चैत २९ गते भुक्तानी गरिनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment