महेश बस्नेतलाई कुनै हालतमा उम्किन दिनेछैन : शोभा पाठक
काठमाडौं । शोभा पाठकले नेकपा एमाले सचिब महेश बस्नेत कानूनको दायराबाट कदापी उम्कन नसक्ने दाबी गरेकी छन्।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाठकले सचिव वस्नेतलाई कुनै हालतमा उम्कन नदिने र कानूनी दायरामा ल्याएर छाड्ने चेतावनी दिएकी हुन्।
सरकारले ल्याउन नमिले पनि कानूनले आफूले कानुनी दायरबाट पक्राउ गर्ने बताइन्। उनले कठालो समातेर माइती घरमा घिसार्दै ल्याउने समेत अडान राखिन्।
‘महेश बस्ने कदापि उम्कन सक्नुहुन्न। कानुनी दायरामा ल्याएर छाड्छु। म बाचा गर्छु यो कुनै आरोप होइन। सुधन गुरुङ र बालेन शाहको धावा दिएर बोल्दैछन। सरकारले ल्याउन मिल्दैन होला तर मैंले ल्याउन मिल्छ। म कठालो समातेर माइती घरबाट घिसार्छु,’ उनले भनिन्।
उच्च अदालत पाटनमा विगत दुई वर्षदेखि मु्द्दा लडिरहेको बताउँदै उनले भनिन्,‘उच्च अदालतले त्महेश बस्नेतको गुण्डाराज र केपी ओली सरकारका कारणले आजसम्म मलाई दबाएर राखेको थियो। दुई वर्षदेखिको मुद्दा फैसला गर्न नसकेको अवस्थामा म न्यायको लागि पुनः जाहेरी लिएर गएको थिए।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment