पाटनमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु

डिसी नेपाल
२६ चैत २०८२ ६:२४
2.1k
Shares

काठमाडौं । ललितपुरको पाटनस्थित कृष्णमन्दिरअगाडि चक्कु प्रहारबाट घाइते भएका दुईजनाको ज्यान गएको छ ।

‘रङ नम्बर’मा फोन जाँदा भएको विवादले उग्ररुप लिँदा बुधबार उक्त घटना घटेको थियो। घटनामा दुई दाजुभाइ झापाका २६ वर्षीय सिर्जन नेम्बाङ र ३३ वर्षीय सुमित नेम्बाङमाथि चक्कु प्रहार भएको थियो।

घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बीएन्डबी अस्पताल लगिएकामा चिकित्सकले उनीहरूलाई मृत घोषित गरेका थिए।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सन्जीब नेपालीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार नेम्बाङ दाजुभाइको फोन आरोपित सन्जीब नेपालीको नम्बरमा जाँदा सोही विषयमा विवाद भएको थियो।

नेम्बाङ दाजुभाइ र अपरिचित नेपालीबीच फोनमै भनाभन भइ इमाडोल बस्ने नेम्बाङ दाजुभाइ नेपालीलाई भेट्न कृष्णमन्दिर पुग्दा उक्त घटना घटेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *