सर्लाहीमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु

डिसी नेपाल
२६ चैत २०८२ ६:५३
16
Shares

सर्लाही। सर्लाहीमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको ईश्वरपुर नगरपालिका–१२ घारीबथान निवासी राम बैलकोटी ५ बर्षिय छोरा वियान्श बैलकोटी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार बिहान उनका बुवाले आफ्नै खेतमा सिँचाइका लागि जडान गरिएको विद्युत् मोटर नजिकै खेल्ने क्रममा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाईते भएका उनलाई उपचारका लागि तत्काल ईश्वरपुर नगर अस्पताल बयलबासमा लगिएकामा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *