इमानसँग अर्थमन्त्री : सञ्चार क्षेत्रसँग सहकार्य गरेर आर्थिक नीति अघि बढाइने
काठमाडौ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आम नागरिकको सामाजिक जीवनस्तरमा सुधार ल्याउने गरी आगामी बजेट केन्द्रित गरिने बताएका छन्।
इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) का प्रतिनिधिमण्डलसँग भएको छलफलमा उनले उद्यमशीलताको प्रवद्र्धन, स्वदेशी उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणमार्फत वर्तमान आर्थिक चुनौतीहरू सम्बोधन गरिने उल्लेख गरे।
अर्थमन्त्री वाग्लेले पूँजी विकास, रोजगारी सिर्जना तथा बढ्दो मूल्यवृद्धि नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले उद्यमशीलताको विकास र स्वदेशी उत्पादन वृद्धि मार्फत सबल र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सञ्चार क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताए।
त्यस्तै, उनले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै रोजगारी सिर्जनालाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिए।
छलफलमा इमानको प्रतिनिधिमण्डलले सञ्चारमाध्यमहरूको समग्र विकासका लागि सरकारले सन्तुलित र समावेशी नीति अघि सार्नुपर्ने माग गरेको थियो।







डिसी नेपाल







Facebook Comment