चट्याङ लागेर युवकको मृत्यु

डिसी नेपाल
७ वैशाख २०८३ १२:२३

गोरखा। गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।

आइतबार साँझ चट्याङ लागेर घाइते भएका सहिद लखन गाउँपालिका-५, तोरेनस्थित पोखरीडाँडाका २६ वर्षीया विनोद थापाको उपचारका क्रममा गएराति मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार घरभित्र मोबाइल चलाएर बसिरहेका बेला एक्कासि चट्याङ परेर थापा गम्भीर घाइते भएका थिए। उनको पचारका क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *