नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माद्वारा राजीनामा
काठमाडाैं। नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। सोमबार काठमाडौंमा नेपाली कांग्रेसका सभापति गगन थापासमक्ष उनले आफ्नो लिखित राजीनामा पत्र बुझाएका हुन्।
विश्वकर्माले राजीनामा दिनुको मुख्य कारण आफ्नो पारिवारिक व्यस्तता र पछिल्लो समय देखिएको शारीरिक स्वास्थ्य समस्या भएको उल्लेख गरेका छन्। लामो समयदेखि संघको नेतृत्वमा रहेर काम गर्दै आएका उनले व्यक्तिगत परिस्थितिका कारण पदमा बसिरहन असमर्थ भएको जानकारी नेतृत्वलाई गराएका हुन्।
उनलाई २०८२ साल असोज १३ गते नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले दलित संघको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा मनोनित गरेका थिए।
अध्यक्षको रूपमा मनोनित भएदेखि नै उनले दलित समुदायको हकहित र पार्टीभित्र दलित संघको संगठनात्मक विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका थिए। उनको राजीनामालाई पार्टीभित्र र दलित अधिकारका क्षेत्रमा काम गर्नेहरूले चासोका साथ हेरेका छन्।
अध्यक्ष पदबाट औपचारिक रूपमा विदा लिए पनि उनले संगठनप्रतिको आफ्नो आस्था र प्रतिबद्धता भने कायमै रहने स्पष्ट पारेका छन्।
राजीनामा पत्र बुझाउने क्रममा विश्वकर्माले पदमा नरहे पनि संघले सञ्चालन गर्ने आगामी गतिविधि र अभियानहरूमा आफू सधैँ सक्रिय रहने र आफ्नो तर्फबाट आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन्। पार्टी नेतृत्वले उनको राजीनामा स्वीकृत गर्ने र नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाका बारेमा भने हालसम्म कुनै ठोस निर्णय सार्वजनिक गरिसकेको छैन।







डिसी नेपाल







Khubai Ateri gardai thiyeu ni, Basi rakha vaneko holani Yemale le ? ab feri Gukhane kukur lai gayera sodhda hunchha.