आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु
काठमाडौं। नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी निकाय, राष्ट्रिय तथा नेपालस्थित अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको सहभागितामा अभ्यास हातेमालोको आठौँ संस्करण आजदेखि सैनिक मुख्यालय जङगी अड्डामा सुरु भएको छ।
विपद् व्यवस्थापनसम्बन्धी भइरहेका गतिविधिहरूको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि एवं सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका अभ्यास हातेमालो सुरु गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशानालयले जनाएको छ।
नेपाली सेना युद्धकार्य महानिर्देशक उपरथी अनुपजङ्ग थापाले शुभारम्भ गरेको उक्त अभ्यास मनसुनको समयमा हुन सक्ने सम्भावित बाढी र पहिरोको परिदृश्यमा आधारित रही तीन दिनसम्म सञ्चालन हुनेछ।
सोही किसिमको कार्यक्रम क्रमिक रूपमा प्रादेशिक र जिल्ला स्तरसम्म सञ्चालन गर्ने योजना रहेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाको समन्वय र गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाले आर्थिक वर्ष २०७५/७६ मा अभ्यास हातेमालो–१ प्रदेश तहमा सञ्चालन गरेको थियो। त्यसपछि जङ्गी अड्डामा वार्षिक रूपमा यो अभ्यास सञ्चालन हुँदै आएको छ।
कार्यक्रममा रथीवृन्द, विभिन्न मन्त्रालय, गैरसरकारी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकाय, अन्य सुरक्षा निकायका प्रतिनिधिहरु र नेपाली सेनाका अधिकृतहरुको उपस्थिति रहेको रहेको निर्देशनालयले जनाएको छ।







डिसी नेपाल







Facebook Comment