हिमालयन इन्भेष्टमेण्ट बैंकरका सीईओ बर्खास्त

डिसी नेपाल
२१ वैशाख २०८३ १६:५२

काठमाडौं । हिमालयन इन्भेस्टमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेर शमशेर ज.ब.राणा बर्खास्त भएका छन्।

कम्पनी सञ्चालक समिति बैठकले सीईओ ज.ब.राणालाई बर्खास्त गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिको निर्णय अनुसार नै उनलाई जिम्मेवारीबाट हटाइएको कम्पनीका अध्यक्ष कपिल कुमार दहालले बताएका छन्।

उनीमाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *