प्रचण्ड, उपेन्द्र यादव र नेता खड्काद्वारा एनपीएल तेस्रो संस्करणको सफलताको शुभकामना
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएको अवसरमा विभिन्न दलका शीर्ष नेताहरूले प्रतियोगिताको सफलताका लागि शुभकामना व्यक्त गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एनपीएल विश्वमा नेपाललाई चिनाउने सशक्त माध्यम बनेको उल्लेख गर्दै नेपाली क्रिकेट विश्वस्तरमा चिनिन सफल भएकोमा खुसी व्यक्त गरेका छन्।
त्यस्तै, नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री पूर्णबहादुर खड्काले एनपीएलको तेस्रो संस्करण नेपाली क्रिकेट इतिहासमा कोशेढुङ्गा साबित हुनुपर्ने बताएका छन्। उनले २०५५ सालमा कीर्तिपुर मैदानमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट उद्घाटन भएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेलको स्मरण गर्दै विदेशी खेलाडी र अतिथिहरूलाई स्वागत गरेका छन्।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि शुभकामना दिँदै एनपीएलले हिमाल, पहाड र तराई–मधेसका सम्पूर्ण नेपालीलाई एउटै भावनात्मक सूत्रमा जोड्न र राष्ट्रिय एकता सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment