एनपीएल: सुदूरपश्चिम रोयल्सले गुमायो सातौं विकेट

डिसी नेपाल
९ कार्तिक २०८३ १७:५९

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले आफ्नो सातौं विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले इनिङ्सको मध्यक्रममा पनि सम्हालिन नसक्दा ठूलो दबाबको सामना गरिरहेको छ।

पावर प्लेमै शीर्ष क्रमका महत्त्वपूर्ण चार विकेट गुमाएर धरमरमा परेको सुदूरपश्चिमका थप ब्याटरहरू पनि पभेलियन फर्किएपछि टोली ठूलो स्कोर बनाउने चुनौतीबाट पछि परेको छ। लुम्बिनीका बलरहरूको कसिलो र अनुशासित बलिङ आक्रमणसामू सुदूरपश्चिमका ब्याटरहरू क्रिजमा टिक्न संघर्ष गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *