एनपीएल उद्घाटन खेल: पावर प्लेमै सुदूरपश्चिमले गुमायो चार विकेट
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले पावर प्लेमै आफ्ना महत्त्वपूर्ण चार विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले शुरुआती ओभरहरूमै सम्हालिन नसक्दा धरमरको स्थिति बेहोरेको छ। लुम्बिनीका बलरहरूको कसिलो आक्रमणसामू सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन, सैफ अली जैब, विनोद भण्डारी र आरिफ शेख सस्तैमा पेभेलियन फर्किएका छन्।
इन्निंग्सको प्रारम्भिक चरणमा लुम्बिनीका बलर शेर मल्लले विनोद भण्डारीलाई आउट गर्दै शुरुआती सफलता दिलाएका थिए। त्यसलगत्तै अर्का बलर किशोर महतोको बलिङमा आरिफ शेख आउट भए। आरिफको विकेटका क्रममा मैदानमा डीआरएस (DRS) को समेत प्रयोग भएको थियो। सुरुमा अम्पायरले आउट दिएपछि आरिफले रिभ्यू लिएका थिए, जहाँ ब्याटमा एज नलागेको स्पष्ट भएपछि डीआरएसमार्फत उनी आउट भएका थिए।
पावर प्लेभित्रै शीर्ष क्रमका चार ब्याटरलाई गुमाएर दबाबमा परेको सुदूरपश्चिमलाई अबको इन्निंग्स सम्हाल्नुपर्ने ठूलो चुनौती रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment