एनपीएल : सुदूरपश्चिम रोयल्सले गुमायो पहिलो विकेट
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले आफ्नो पहिलो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले सुरुवाती ओभरहरूमा सम्हालिनुपर्ने दबाब झेलेको छ। लुम्बिनीका बलरहरूले कसिलो बलिङ गर्दै विपक्षीलाई दबाबमा राखेका छन्। यसअघि खेलको सुरुमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए।





No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment