बोक्सीको आरोप लगाउने र बैंकिङ्ग कसुरका दुई फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
३ जेठ २०८३ १८:२५

रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले बोक्सीको आरोपमा दुव्र्यवहार गरी फरार रहेका र बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो।

कटहरीया नगरपालिका वडा नं. ९ डुमरिया टोल बस्ने ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाई अमानवीय व्यवहार गर्ने एक जना पक्राउ परेका हुन्।

स्थानीय गौरी साह कलवारसहितका व्यक्तिहरूले ‘मेरो आफन्तलाई बिरामी बनाई दिएको’ भन्दै ती महिलालाई गालीगलौज, लछारपछार, कुटपिट गर्नुका साथै मलमूत्र समेत खुवाएर अपमानित गरेका थिए। उक्त घटनापछि फरार रहेका स्थानीय राजेन्द्र माझीलाई प्रहरीले पक्राउ गरेको हो। यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

उक्त घटनापछि फरार रहेका स्थानीय राजेन्द्र माझीलाई प्रहरीले पक्राउ गरेको हो।। यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यसैगरी, बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका अर्का एक प्रतिवादी पनि पक्राउ परेका छन्। देवाही गोनाही नगरपालिका वडा नं. ९ बस्ने राजेश कुमार साहको जाहेरीका आधारमा चन्द्रनिगाहपुर नगरपालिका वडा नं. ९ डुमरिया बस्ने ३८ वर्षीय सफरुदिन कुमार देवानलाई प्रहरीले पक्राउ गरेको हो।

नेपाल सरकार वादी रहेको उक्त बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका देवानलाई जेठ १ गते नै पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *