कलैयामा प्रहरीमाथि अभद्र व्यवहार गर्ने तीन जना तेस्रोलिङ्गी पक्राउ

डिसी नेपाल
४ जेठ २०८३ १९:२५

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी टोलीमाथि अभद्र व्यवहार र गालीगलौज गरेको आरोपमा तीन जना तेस्रोलिङ्गीलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दाको अनुसन्धानका सिलसिलामा पक्राउ परेका बारा कलैया उपमहानगरपालिका वडा नं. ०६ बस्ने खुस्बु भन्ने अफजल मियाँलाई बिनासर्त छाड्न माग गर्दै एक समूह जिल्ला प्रहरी कार्यालयको मुख्य गेटमा पुगेको थियो। उक्त समूहले सडक अवरोध गरी सवारी साधन चल्न नदिने, हो–हल्ला गर्ने र अशान्ति मच्चाउने कार्य गरेपछि प्रहरीले उनीहरूलाई सम्झाइबुझाई गर्न खोजेको थियो।

सम्झाउने क्रममा उल्टै आवेशमा आई प्रहरी टोलीमाथि नै गालीगलौज, अभद्र व्यवहार तथा सडकमा नग्नता प्रदर्शन गरेपछि शान्ति सुरक्षा कायम गर्न प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूरौतहट देवाही गोनाही नगरपालिका बस्ने २६ वर्षीया दिव्या रानी, बारा जीतपुर सिमरा उपमहानगरपालिका बस्ने २५ वर्षीया निशा भारती र सोही स्थान बस्ने ५७ वर्षीया निशा देवी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए। पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान कार्य अगाडि बढाइएको बारा प्रहरीले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *