शैक्षिक रूपान्तरणमा केन्द्रित पुस्तक ‘ज्योतिर्गमय’ विमोचित

डिसी नेपाल
४ जेठ २०८३ २०:२६

काठमाडौं। प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’ पुस्तक आज विमोचन गरिएको छ।

एडु टुडे प्रालिद्वारा प्रकाशित सो पुस्तक शिक्षाविद् प्राडा विद्यानाथ कोइराला, प्राडा बालचन्द्र लुईँटेल, नेपाल सरकारका पूर्वसचिव डा हरिप्रसाद लम्साल, शिक्षक सेवा आयोगका पूर्वसदस्य नन्दकुमारी महर्जनलगायतले विमोचन गरेका हुन्।

कार्यक्रममा वक्ताहरूले पुस्तकले नेपाली जनता र समाजको रुपान्तरणका लागि चिन्तन प्रस्तुत गरेको बताउँदै शिक्षाको रूपान्तरणबाट मात्रै मुलुक समृद्ध बन्नेमा जोड दिएका थिए।

पुस्तकमाथि शिक्षाविद् डा कोइरालाले शैक्षिक चिन्तन र व्यवहारलाई जोड्ने सीप शिक्षकहरूमा हुने बताए। शिक्षाविद् डा लुइँटेलले विदेशका अनुभव लिने क्रममा सफल अभ्यासलाई मात्रै ग्रहण गर्नुपर्ने बताए।

पूर्वसचिव लम्सालले नीति र व्यवहारलाई सिंहावलोकन गर्न पुस्तक उपयोगी हुने बताए। यस्तै शिक्षा पत्रकार प्रकाश सिलवाल र सङ्घका वरिष्ठ उपाध्यक्ष हेरम्बराज कँडेलले पनि पुस्तकका अन्तर्वस्तुबारे प्रकाश पारेका थिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *