छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परेर ६ जनाको ज्यान गएको छ।
काठमाडौंको महानगरपालिका-३ महाराजगंजस्थित सडकमा रोकी राखेको प्र.३-०१-०२४ च ३६१४ नम्बरको टाटा योद्धा गाडीमा बा.प्र ३-०२-००२ प ११६७ नम्बरको स्कुटर ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं बसुन्धारा बस्ने काभ्रे पनौती नगरपालिका-५ घर भएका २० वर्षीय राहुल खत्रीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नवलपरासी पूर्वको कावासोती नगरपालिका-८ खरकट्टा जंगलस्थित सडकमा लु.१ च ३५२३ नम्बरको कार अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा कार चालक महोत्तरी मतिहानी नगरपालिका-३ बस्ने ६० वर्षीय श्रीनारायण यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो।
गुल्मीको सत्यवती गाउँपालिका-१ ठुलाबगर छल्दिस्थित सडकमा लु. ३६ प ३६२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक स्याङ्जा कालिगण्डकी गाउँपालिका-३ भुस्तुङ बस्ने ३४ वर्षीय लक्ष्मण थापा र मोटरसाइकमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय गिरमान सिंह रानाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचारको क्रममा मृत्यु भएको हो।
दाङको लमही नगरपालिका-६ बेलदमारस्थित सडकमा यूपी ५१ बिटि १७१६ नम्बरको ट्रक अनियन्त्रित भई गए राति दुर्घटना हुँदा ट्रक चालक भारत बस्ती बस्ने ५० वर्षीय भरत मिश्रको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार १ जनालाई थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ रिफर गरिएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका-४ स्थित सडकमा सु.प.प्र. ०१-००२ त ६८९९ नम्बरको ट्याक्टरले सु.प.प्र. ०१-०१४ प २६२८ नम्बरको स्कुटरलाई आइतबार साँझ ठक्कर दिँदा स्कुटर चालक अछाम मेल्लेख गाउँपालिका-६ बस्ने ३७ वर्षीय प्रभाकर भट्टराईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।







डिसी नेपाल







Facebook Comment