ग्यास बुलेटको ठक्करबाट दुई साइकल यात्रीको मृत्यु
विराटनगर। विराटनगरमा ग्यास बुलेटको ठक्करबाट दुई जना साइकल यात्रीको मृत्यु भएको छ।
कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका-१४ हनुमान मन्दिर अगाडि मंगलबार एएस ०१ एफसी ०९१९ नम्बरको एलपी ग्यास बुलेटको ठक्करबाट साइकलमा सवार दुई जनाको ज्यान गएको हो।
निधन हुनेमा अन्दाजी ४०/४५ वर्षका पुरुष र १३/१४ वर्षकी बालिकाको रहेको प्रहरीले जनाएको छ। उनीहरूको पहिचान खुल्न सकेको छैन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment