भारतीय गृहमन्त्री अमित शाहद्वारा पशुपतिनाथलाई ४० किलो चन्दन अर्पण

डिसी नेपाल
७ जेठ २०८३ १४:१९

काठमाडौं। भारतीय गृह तथा सहकारिता मन्त्री अमित शाहले आराध्यदेव पशुपतिनाथ मन्दिरका लागि ४० किलो चन्दन अर्पण गरेका छन्।

पुष्य नक्षत्रको पावन अवसर पारेर उनले पशुपतिनाथको नित्य पूजाका लागि उक्त परिमाणको चन्दन उपलब्ध गराएका हुन्।

मन्त्री शाहले अर्पण गरेको सो चन्दन पशुपतिनाथ मन्दिरका मुख्य पुजारी रावल गणेश भट्टको विशेष उपस्थितिमा गुठी संस्थान अन्तर्गतको पशुपतिनाथको कार्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

यस वर्ष पशुपतिनाथ मन्दिरमा गरिने दैनिक पूजाआजा (नित्य पूजा) का निम्ति आवश्यक पर्ने चन्दन प्रतिनिधि सभा सदस्य सन्दीप रानाको विशेष पहलमा भारतीय गृहमन्त्री शाहले व्यवस्थापन गरिदिएका हुन्। उनले अर्पण गरेको यो चन्दन अब पशुपतिनाथको नियमित धार्मिक अनुष्ठान र पूजामा उपयोग गरिने कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *