नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई ‘डाक्टर’ लेखे तीन वर्षसम्म कैद हुने
काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका आधिकारिक चिकित्सकबाहेक अन्य कसैले नामको अगाडि ‘डाक्टर’ वा ‘चिकित्सक’ लेखेमा जेल जानुपर्ने भएको छ। काउन्सिलले यसबारे ‘शून्य सहनशीलता’को नीति अपनाउँदै कडा चेतावनी जारी गरेको हो।
नयाँ नियमअनुसार नामको अगाडि अवैध रूपमा ‘डाक्टर’ उपाधि प्रयोग गरिरहेका स्वास्थ्यकर्मी वा अन्य व्यक्तिहरूले १५ दिनभित्र आफ्ना साइनबोर्ड, प्रेस्क्रिप्सन (पुर्जी) का साथै टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालबाट सो उपाधि हटाइसक्नुपर्नेछ।
विदेशी वा स्वदेशी विश्वविद्यालयको शैक्षिक प्रमाणपत्रमा ‘डाक्टर’ लेखिएकै भरमा नेपालमा बिरामी जाँच्न र एलोप्याथिक (अंग्रेजी) औषधि सिफारिस गर्न नपाइने काउन्सिलले प्रष्ट पारेको छ। चिकित्सा अभ्यासका लागि काउन्सिलको इजाजतपत्र (लाइसेन्स) अनिवार्य हुनुपर्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment