करेन्ट लागेर एक युवकको मृत्यु
त्रिवेणी (रुकुम पश्चिम) । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
आठबिसकोट नगरपालिका–१३ धाराका २५ वर्षीय प्रेम खत्रीको आज करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए। उनका अनुसार आज साँझ घरदेखि करिब एक किलोमिटर टाढा रहेको विद्युत्को खम्बामा चढेर मर्मत गर्ने क्रममा खत्रीलाई करेन्ट लागेको थियो।
खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक पुनले जानकारी दिए। घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चपागाईंको नेतृत्वमा टोली घटनास्थलमा गएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment