राष्ट्रियसभाबाट अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक पारित
काठमाडौं। राष्ट्रियसभाको आजको बैठकबाट ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सर्वसम्मतिले पारित भएको छ। ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्राप्त उक्त विधेयक सभाको बहुमतले पारित गरेको हो।
आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रस्तुत गर्नुभएको सो विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो।
विधेयकमाथिको छलफलमा सांसद गीता देवकोटा, सुरे कुमार आले मगर, रुक्मिणि कोइराला र विष्णु कमारी सापकोटाले भाग लिएका थिए।
राष्ट्रियसभाको अर्को बैठक यही जेठ १३ गते दिउँसो १ः१५ बजे बस्नेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment