सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान
काठमाडौं। सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले आज शनिबार एक सूचना जारी गर्दै अध्यक्ष पदमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा एक जना उम्मेदवार छनोट गरी नियुक्त गरिने जनाएको छ।
इच्छुक योग्य व्यक्तिले यही जेष्ठ १८ गते (सोमबार) कार्यालय समयभित्र आवेदन पेश गर्न आग्रह गरेको छ।
आवेदन फाराम, आवश्यक योग्यता, अनुभव तथा पेश गर्नुपर्ने कागजातसम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेबसाइट www.mocit.gov.np तथा सार्वजनिक सेवा प्रसारण संस्थाको वेबसाइट www.psbnepal.gov.np मा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment